बसन्तपुरमा एसिड हान्ने पक्राउ

बसन्तपुरमा एसएलसीको तयारी गर्दै गरेका दुई छात्रालाई एसिड छ्यापेर भाग्ने २० बर्षीय जीवन बिक सिक्किमको गान्तोकबाट पक्राउ परेका छन्।

रामेछाप जिल्ला फुलासी-८ का स्थायी बासिन्दा उनी संगीता मगरको छिमेकमा डेरा गरी बस्थे।

उनलाई एसएसपी  मीरा चौधरीको टोलीले भारत गएर पक्राउ गरेको हो। 

प्रारम्वभिक बयानमा उनले संगीता मगरले प्रेममा धोका दिएकोले उक्त घटना घटाएको भनेर बयान दिएका छन्।

उनले फागुन ११ गते संगीता मगर र सीमा बस्नेतमाथि ट्युसन सेन्टरमा एसिड आक्रमण गरेर फरार रहदै आएका थिए।


Share

No comments:

Post a Comment

 
Copyright © 2015. जानकारी तथा मनोरन्जन सबैका लागि.
Design by Herdiansyah Hamzah. Published by Themes Paper. Powered by Blogger.
Creative Commons License