इन्डियामा बलात्कारी आरोपितलाई कुटेर मारे


बिहिबार भारतको उत्तरपूर्वी राज्य नागाल्याण्डमा हजारौंको संख्यामा आएका आक्रोसित भीडले एक बलात्कारी आरोपीलाई जेलबाट निकालेर कुटेर मारेका छन्। उनलाई स्थानीय २० बर्षिया नागा महिलालाई फेब्रुअरी २३ र २४ गते भिन्दाभिन्दै ठाउँमा लागेर बलात्कार गरेको आरोप लागेको थियो।


साईद फरिद खान नाम गरेका उक्त आरोपी अबैध बंगलादेशी आप्रबासी हुन सक्ने बताईएको छ। उनी नागाल्याण्डमा सेकेन्ड ह्यान्ड कारको व्यापार गर्थे। उनलाई तल्लो अदालतले हिरासतमा राख्नलाई आदेश दिएको थियो।

Share

No comments:

Post a Comment

 
Copyright © 2015. जानकारी तथा मनोरन्जन सबैका लागि.
Design by Herdiansyah Hamzah. Published by Themes Paper. Powered by Blogger.
Creative Commons License