नेपाल र अस्ट्रेलियाबीच ६३ ओभरको म्याच यहि चैत २८ गते हुने

म्याचको दौरान फास्ट बलर सिन एबोटको बाउन्सर बल लागेर मृत्यु भएका फिलिप ह्युजको सम्झनामा यहि चैत २८ गते काठमाडौंको त्रि.वि क्रिकेट मैदानमा नेपाल र अस्ट्रेलियाबीच ६३ ओभरको म्याच हुने भएको छ। उक्त दुर्घटना हुँदा उनी ६३ रनमा ब्याटिङग् गर्दै थिए।


नेपालको कप्तानी पारस खड्काले गर्नेछन् भने अस्ट्रेलियाबाट चाहि ब्रेट ली वा अन्य कुनै सिनियर खेलाडीको कप्तानीमा अस्ट्रेलियन टिम मैदानमा उत्रने छ। उक्त म्याच ३१.३/३१.३ ओभरको हुनेछ।
यसअघि नै ह्युजको ब्याट तथा जर्सी सगरमाथाको चुचुरोमा लैजाने क्यानको प्रस्तावमा ह्युजको परिवारले सहमति जनाई सकेको छ।


Share

No comments:

Post a Comment

 
Copyright © 2015. जानकारी तथा मनोरन्जन सबैका लागि.
Design by Herdiansyah Hamzah. Published by Themes Paper. Powered by Blogger.
Creative Commons License